बेपत्ता र मेलमिलाप आयोगका पदाधिकारीको सुविधा तोक्ने, दुई सचिवको पदस्थापन
काठमाडौं । सरकारले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग तथा सत्य निरूपण तथा मेलमिलाप आयोगका अध्यक्ष र सदस्यहरूको सेवा शर्त तथा अन्य सुविधा तोक्ने निर्णय गरेको छ ।
गत आइतबार (साउन १८ गते) बसेको मन्त्रिपरिषद्को बैठकले यो व्यवस्था गर्न कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयलाई जिम्मा दिने निर्णय गरेको हो ।
यस्तै, सत्य निरूपण तथा मेलमिलाप आयोगका कार्यवाहक सचिव निर्मला अधिकारी भट्टराई र इन्दिरा दहाल भट्टराईलाई नेपाल न्याय सेवा अन्तर्गत राजपत्राङ्कित विशिष्ट श्रेणीको सचिव पदमा बढुवा गरिएको छ ।
बैठकले अधिकारीलाई पुनः मेलमिलाप आयोगको सचिव र दहाललाई नेपाल कानून आयोगको सचिव पदमा पदस्थापन गर्ने निर्णय गरेको छ ।















