सेयर बजारमा सामान्य गिरावट, काराेबार रकम साढे ७ अर्बमा झर्‍यो - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

सेयर बजारमा सामान्य गिरावट, काराेबार रकम साढे ७ अर्बमा झर्‍यो



काठमाडाैं । मंगलबार उच्च अंकले घटेको सेयर बजारमा बुधबार पनि गिरावट देखिएको छ । आज नेपाल स्टक एक्सचेञ्ज नेप्से परिसूचक १.९४ अंकले बढेर २८ सय ३२ दशमलव ०६ बिन्दुमा रोकिएको छ ।

नेप्से परिसूचकसँगै आज कारोबार रकम पनि घटेको छ । आज ३२० कम्पनीको २ करोड १६ लाख ५७ हजार ८०६ कित्ता सेयर खरिदबिक्रि हुँदा ७ अर्ब ६३ करोड १३ लाख रुपैयाँ कारोबार भएको छ ।

हिजो ३२५ कम्पनीको २ करोड २२ लाख ७ हजार १४२ कित्ता सेयर ९ अर्ब ३३ करेड ३९ लाख रूपैयाँमा किनबेच भएको थियो ।

आज लगानी समुह, माइक्रोफाइनान्स, म्युच्युअल फण्ड, अन्य समुह र व्यापार समुहका उपसूचक बढेका छन् भने बाँकी सबै घटेका छन् ।

आज विन नेपाल लघुवित्त, माहुली लघुवित्त र ट्रेड टावर लिमिटेडको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ ।


प्रतिक्रिया दिनुहोस्