७ श्रावण २०८३, बिहिबार

नागरिक लगानी कोषको नाफा १३.७१ प्रतिशतले बढ्दा पनि प्रतिशेयर आम्दानी घट्यो



कठमाडौं । गत आर्थिक वर्ष २०८२/८२ मा नागरिक लगानी कोषको नाफा १३.७१ प्रतिशत बढेको छ । गत आर्थिक वर्षको चौथो त्रैमासिक वित्तीय विवरण अनुसार कोषले १ अर्ब २५ करोड रुपैयाँ खुद नाफा कमाएको छ।

कोषले अघिल्लो आर्थिक वर्षको सोही अवधिमा १ अर्ब १० करोड २४ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यता समीक्षा अवधिमा कोषको ब्याज आम्दानी भने २३.७५ प्रतिशत घटेर ३३ करोड ७४ लाख पुगेको छ भने खर्च ६.७७ प्रतिशत घटेर ४२ करोड ४२ लाखमा झरेको छ ।

यस्तै सेवा तथा कमिशन आम्दानी १७.१७ प्रतिशत बढेर १ अर्ब ६५ करोड ३५ लाख रुपैयाँ पुगेको छ भने कोषको कुल आमदानी ८.९६ प्रतिशत बढेर २ अर्ब ९ करोड ७४ लाख रुपैयाँ पुगेको छ ।

नाफा बढेपनि कोषको प्रतिशेयर आम्दानी भने घटेको छ। यस अवधिमा कोषको यस्तो आम्दानी १ रुपैयाँ ४१ पैसा घटेर १९ रुपैयाँ ३४ पैसामा सीमित भएको छ। चौथो त्रैमासको अन्त्यसम्ममा कोषको मूल्य आम्दानी अनुपात १०२.१५ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६४ रुपैयाँ २३ पैसा रहेको छ।

६ अर्ब ४८ करोड रुपैयाँ चुक्ता पूँजी रहेको यस कोषको जगेडा कोषमा २० अर्ब ११ करोड रुपैयाँ सञ्चित छ।


प्रतिक्रिया दिनुहोस्