१ कार्तिक २०८३, आइतबार

डिशहोम र पोखराको लेक साइड रिट्रिटबीच भर्चुअल प्रिभिलेज कार्डमार्फत विशेष सुविधा दिने साझेदारी



काठमाडाैं । डिशहोमले आफ्नो भर्चुअल प्रिभिलेज कार्ड कार्यक्रम अन्तर्गत पोखरास्थित लेक साइड रिट्रिट (आइएमई हस्पिटालिटी द्वारा व्यवस्थापित) सँग नयाँ साझेदारी घोषणा गरेको छ, जसअन्तर्गत डिशहोमका सक्रिय ग्राहकहरूले विशेष छुटको सुविधा पाउनेछन्।

यस साझेदारीमार्फत ग्राहकहरूले आवासमा १५ प्रतिशत छुट पाउने छन् भने फुड एण्ड बेभरेजमा १५ प्रतिशत छुट पाउने छन् । यो छुट प्राप्त गर्न, ग्राहकहरूले माइ डिशहोम एप मा उपलब्ध भर्चुअल प्रिभिलेज कार्ड लेक साइड रिट्रिट, पोखरामा देखाउनुपर्छ।

पोखराको प्रसिद्ध लेकसाइडको मुटुमा अवस्थित लेक साइड रिट्रिट ले आधुनिक सुविधा, शान्त वातावरण र आइएमइ हस्पिटालिटीको ख्यातिप्राप्त अतिथिसत्कारको उत्कृष्ट मिश्रण प्रदान गर्दछ। आरामदायी बिदा वा विशेष खाने अनुभवका लागि, अब डिशहोम ग्राहकहरूले हरेक पटक यहाँ भ्रमण गर्दा थप मूल्य र बचतको आनन्द लिन सक्नेछन्।

भर्चुअल प्रिभिलेज कार्ड प्रयोग गर्ने तरिकाः
१. माइ डिशहोम एप प्ले स्टोर वा एप स्टोरबाट डाउनलोड गर्नुहोस्।
२. दर्ता भएको मोबाइल नम्बर वा ग्राहक आईडी प्रयोग गरी लगइन गर्नुहोस्।
३. होम स्क्रिन वा प्रोफाइलमा रहेको प्रिभिलेज कार्ड आइकनमा क्लिक गर्नुहोस्।
४. लेक साइड रिट्रिट, पोखरा भ्रमण गरी आफ्नो भर्चुअल प्रिभिलेज कार्ड देखाएर छुट पाउनुहोस्।

यो साझेदारी डिशहोमको केवल इन्टरनेट वा टेलिभिजन सेवामात्र नभई, आफ्ना ग्राहकहरूलाई जीवनशैलीका फाइदा, बचत र विशेष अनुभव प्रदान गर्ने निरन्तर प्रतिबद्धताको एक हिस्सा भएको कम्पनीले जनाएको छ ।