१ कार्तिक २०८३, आइतबार

बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री बानियाँले विश्वासको मत लिँदै



काठमाडौं । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ आज प्रदेशसभामा विश्वासको मत लिने छन् ।

प्रदेशसभा सचिवालयका अनुसार आज अपराह्न ४ बजे बस्ने बैठकमा मुख्यमन्त्री बानियाँ विश्वासको मत प्राप्त गर्ने प्रस्ताव पेस गर्नेछन् ।

कांग्रेस र एमालेका ६४ सदस्यको समर्थनमा उनले मुख्यमन्त्री पद सम्हालेका थिए ।

संविधान अनुसार मुख्यमन्त्रीलाई नियुक्त भएको ३० दिनभित्र प्रदेशसभाबाट विश्वासको मत प्राप्त गर्नुपर्ने व्यवस्था छ । मुख्यमन्त्री बानियाँले प्रदेशसभा सचिवालयमा विश्वासको मत प्रस्ताव गर्ने बारे जानकारी दिएका थिए ।