१ कार्तिक २०८३, आइतबार

नक्कली भुटानी शरणार्थी प्रकरण : ३६ प्रतिवादीविरुद्ध काठमाडौं अदालतमा सुनुवाइ आज



काठमाडौं । नक्कली भुटानी शरणार्थी प्रकरणमा ३६ प्रतिवादीविरुद्धको मुद्दाको सुनुवाइ आज काठमाडौं जिल्ला अदालतमा हुने भएको छ ।

अदालतका न्यायाधीश ध्रुवराज कार्कीको इजलासमा सुनुवाइ गरिनेछ । ठगी, लिखत किर्ते, राज्यविरुद्धको कसुर र संगठित अपराधका आरोपमाथि बहस हुने भएको हो ।

प्रकरणमा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण र अन्य उच्च सरकारी अधिकारीहरूमाथि आरोप छ ।

रायमाझी र अन्य केही प्रतिवादीहरू थुनामा रहेका छन् भने खाण लगायतका अन्य व्यक्तिहरू बाहिर बसेर मुद्दा लडिरहेका छन् ।