दाेहाेराे अंकले घटेर २७ सयकाे बिन्दुमा झर्यो नेप्से, ६ अर्ब ९१ करोडमा खुम्चियाे काराेबार
काठमाडौं । मंगलबार पनि नेपाल स्टक एक्सचेञ्ज नेप्सेमा दाेहाेराे अंककाे गिरावट आएकाे छ । मंगलबार सेयर बजार मापक नेप्से परिसूचक २६.२२ अंकले घटेर २७ सय ९६ दशमलव २४ विन्दुमा झरेकाे छ ।
मंगलबार नेप्से परिसूचक घटेपनि कारोबार रकम भने सुधार भएको छ । आज नेप्सेमा ३२३ कम्पनीको १ करोड ७६ लाख ७१ हजार ६७५ कित्ता सेयर किनबेच हुँदा कुल ६ अर्ब ९१ करोड रुपैयाँ बराबरको मात्रै कारोबार भएको छ ।
साेमबार ३२४ कम्पनीकाे २ कराेड ५० लाख ९२ हजार ४९० कित्ता सेयर किनबेच हुँदा कुल १० अर्ब २१ करोड रुपैयाँ बराबरको मात्रै कारोबार भएको थियाे ।
आज हाेटल तथा पर्यटन समुहकाे सेयर १.३२ प्रतिशतले बढेकाे छ भने बाँकी सबै समुहकाे सेयर मूल्य घटेका छन् । यसदिन माइक्रोफाइनान्स १.४९ प्रतिशत, फाइनान्स १.५३, हाइड्राेपावर १.२६, जीवन बीमा १.०६ र उत्पादन तथा प्रशाेधन समुह १ प्रतिशतले घटेकाे छ।













