८ वर्ष यताकै न्युन बिन्दुमा झर्‍यो भारतकाे महँगी दर - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

८ वर्ष यताकै न्युन बिन्दुमा झर्‍यो भारतकाे महँगी दर



काठमाडाैं । सन् २०२५ काे जुलाइमा भारतकाे महँगी ८ वर्ष यताकै न्युन बिन्दुमा पुगेकाे छ । मुख्यतया तरकारी र अन्न लगायत खाद्य वस्तुहरूको मूल्यमा आएको कमीका कारण जुलाइमा भारतकाे खुद्रा मुद्रास्फीति १.५५ प्रतिशतमा झरेको सरकारी तथ्यांकले देखाएकाे छ।

८ वर्ष पछि पहिलाे पटक महँगाइ दर भारतको रिजर्व बैंकको २ प्रतिशत देखि ६ प्रतिशतको निर्धारित सीमाबाट तल झरेकाे हाे ।यो २०१७ को जुन महिनापछि सबैभन्दा कम महँगाइ दर हो।

मंगलबार जारी गरिएको सरकारी तथ्याङ्क अनुसार जुलाई २०२४ मा ३.५४ प्रतशत रहेकाे खुद्रा मुद्रास्फीति दर २०२५ जुलाई ३.१६ प्रतिशतमा झरेकाे छ ।

खाद्यान्न महँगाईको दर जुलाईमा नकारात्मक भएको छ अर्थात् खाद्यान्न मूल्य घटेको छ । यो गिरावटका बावजूद भारत खाद्यान्न मूल्यहरूमा नियन्त्रण राख्न सक्षम भएको छ ।

भारतीय रिजर्व बैंकको मौद्रिक नीति समितिले ब्याज दरलाई ५.५० प्रतिशतमा राखेको छ र महँगाईको भविष्यको पूर्वानुमानलाई सकारात्मक भनेको छ। यस अघि, समितिले तीन पटक ब्याज दर घटाएको थियो।

विशेष गरी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतीय सामानमा कस्टम कर वृद्धि गरेका बेला भारतको महँगी दर घट्नुले अर्थतन्त्रलाई सहयोग पुग्ने विश्वास व्यक्त गरिएको छ ।

केन्द्रीय बैंकको मौद्रिक नीति समितिले आर्थिक वर्ष २०२५/२६ को अन्तिम त्रैमासिकमा महँगाई बढ्न सक्ने बताएको छ ।
भूराजनीतिक अनिश्चितताहरू कम भए पनि, विश्वव्यापी व्यापारमा उच्च करहरूको प्रभाव जारी रहेको रिजर्व बैंकले उल्लेख गरेको छ।

चालु आवका लागि रिजर्व बैंकले मुख्य महँगाई दर ३.१ प्रतिशतका रूपमा पूर्वानुमान गरेको छ, जुन जूनमा गरिएको ३.७० प्रतिशत को अनुमानभन्दा कम हो। यद्यपि, उपभोक्ता मूल्य सूचकांक आगामी आर्थिक वर्षको पहिलो त्रैमासिकमा ४.९प्रतिशतमा पुग्ने अपेक्षा गरिएको छ, जसले रिजर्व बैंकको ४ प्रतिशतको लक्ष्यलाई उछिन्ने छ।

केन्द्रीय बैंकले महँगाईको पूर्वानुमानमा रहेका जोखिमलाई “समान रूपमा सन्तुलित” भनेको छ। आरबीआईका अनुसार कोर महँगाई ४ प्रतिशतमा स्थिर रहेको छ।


प्रतिक्रिया दिनुहोस्