३ आश्विन २०८३, शनिबार

ढकाल भन्छन्,‘सेबोनमा निजी क्षेत्रको आवाज थप प्रभावशाली, पूँजी बजार सुधार प्राथमिक एजेन्डा’



काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) को नवनियुक्त सस्यमा हेमराज ढकालले पुँजी बजार विकासका लागि आफू प्रयत्नशील रहने बताए ।

बोर्डको सदयका हैसियतले सेयर बजारको संरचनात्मक सुधार, पारदर्शिता अभिवृद्धि, लगानीकर्ता संरक्षणमा प्रयत्नशील रहने बताए । बजारको पहुँच विस्तार र दीर्घकालीन लगानीलाई प्रोत्साहन दिने नीतिगत तथा संस्थागत पहलमा आफुले सक्दो योगदान दिने उनको भनाई छ ।

ढकालले पूँजीबजारलाई राष्ट्रिय अर्थतन्त्रको दिगो स्रोतको रूपमा विकसित गर्न निजी क्षेत्र र सरकारी निकायबीचको सहकार्यलाई सुदृढ बनाउने आफ्नो प्राथमिकतामा रहने बताए ।

ढकाल नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष हुन् । उनलाई नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले महासंघको तर्फबाट सेबोन सदस्यका रुपमा मनोनयन गरि पठाएका हुन् ।

नेपाल धितोपत्र ऐन २०६३ को धारा ३ मा भएको व्यवस्था अनुरुप उनी सेबोनको सदस्यमा नियुक्त भएका छन् । ऐनमा नेपाल उद्योग वाणिज्य महासंघको प्रतिनिधी नेपाल धितोपत्र बोर्ड (सेबोन) को सदस्य हुने व्यवस्था छ । ढकालले सेबोनमा निजी क्षेत्रको प्रतिनिधित्व गर्नेछन् ।