रोकिएन सेयर बजारको ओरालो यात्रा, कारोबार रकम पनि खुम्चियो
काठमाडौं । सेयर बजार लगातर ओरालो लागेको छ । बुधवार पनि बजार १०.५० अंक घटेको छ ।
मंगलबार पनि २६.२२ अंक घटेको थियो । यस साताको पहिलो कारोबार दिन अर्थात् गत सोमबार पनि बजार करिब २८ अंक घटेको थियो ।
साताको तेस्रो कारोबार दिन २ हजार ७९०.९५ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज विकास बैंक ४२.३३ अंक, फाइनान्स ४.५७ अंक र म्युचुअल फन्ड झिनो अंकमा वृद्धि भएको छ । तर, यी बाहेकका अन्य सबै समूह राताम्य बनेका छन् ।
बुधवार कारोबारमा आएका मध्ये १५९ कम्पनीको सेयर भाउ घटेको छ भने ८९ वटाको मूल्य वृद्धि भएको छ ।
बजारसँगै आज कारोबार रकम पनि घटेको छ । आज ६ अर्ब १६ करोड १८ लाख रुपैयाँ बराबरको १ करोड ५८ लाख ४७ हजार कित्ता सेयर किनबेच भएको छ ।













