८९ कम्पनीको सेयर भाउ बढ्यो, कसले कति कमाए ?
काठमाडौं । साताको तेस्रो कारोबार दिन अधिकांश कम्पनीहरुको सेयर मूल्यमा गिरावट आएको छ ।
बुधवार कारोबारमा आएका डेढ सय बढी कम्पनीको सेयर मूल्य घटेको छ । तर, ८९ वटा कम्पनीको सेयर भाउ भने बढेको हो ।
उक्त दिन माया खोला हाइड्रोपावर, सानिमा लार्ज क्याप फन्ड, नेपाल रिपब्लिक मिडिया, सप्तकोशी डेभलपमेन्ट बैंक, समाज लघुवित्त लगायतका कम्पनीको सेयर मूल्य बढेको छ।
आज बजार घट्दा पनि ८९ वटा कम्पनीका लगानीकर्ताले कमाएका छन् ।
















