डेढ सय कम्पनीको सेयर भाउ घट्यो, यी हुन आज सर्वाधिक गुमाउनेहरु
काठमाडौं । साताको तेस्रो कारोबार दिन पनि सेयर बजार घटेको छ । बजारसँगै अधिकांश कम्पनीहरुको सेयर भाउमा गिरावट आएको छ ।
आज डेढ सय कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ । आज १५९ कम्पनीको सेयर भाउ घटेको छ ।
आज सबैभन्दा धेरै कुमारी बैंकको ऋणपत्र ( केबिएल डिबेन्चर २०८६) का लगानीकर्ताले गुमाएका छन् । आज उक्त ऋणपत्रको भाउ ९.४८ प्रतिशत घटेको छ ।
यस्तै, सिक्लेस हाइड्रोपावरको सेयर भाउ ७.२२ प्रतिशत अर्थात् प्रतिकित्ता ७४.५५ रुपैयाँ घटेर ९५७.९६ रुपैयाँ कायम भएको छ।
आज बलेफी हाइड्रोपावर, सिद्धार्थ बैंकको डिबेन्चर २०८४, उपकार लघुवित्त, सिटी होटल लगायतका लगानीकर्ताले गुमाएका छन् ।
















