इनफिनिक्स नोट ५० एस ५ जी प्लस नेपाली बजारमा, मूल्य रु. ३१,९९९ मात्र
काठमाडौं । इनफिनिक्सले नयाँ नोट ५० एस ५ जी प्लस नेपाली बजारमा ल्याएको छ । दमदार प्रदर्शन, आकर्षक डिजाइन र अत्याधुनिक फिचरहरू सहितको यो स्मार्टफोन ८ जीबी प्लस २५६ जीबी भेरियन्ट मात्र रू ३१ हजार ९ सय ९९ रूपैयाँमा पाइन्छ।
नोट ५० एस ५ जी प्लसमा थ्रीडी-कर्भ्ड १४४ एचजेड अमोल्ड डिस्प्ले रहेको छ, जसमा कोर्निङ गोरिल्ला ग्लास सुरक्षा छ। यसले गेमिङ, स्ट्रिमिङ वा दैनिक प्रयोगका लागि जीवन्त रंग, सहज दृश्य र आरामदायी हेर्ने अनुभव प्रदान गर्छ।
मिडिया टेक डिमेन्सीटी ७३०० अल्टिमेट चिपसेट र १६ जीबी सम्मको र्याम विस्तार गर्ने सुविधा भएकोले मल्टिटास्किङ र एप चलाउने गति निकै छिटो हुन्छ। २५६ जीबी स्टोरेज भएकाले फोटो, भिडियो र एपहरू सजिलै राख्न सकिन्छ।
६४ एमपी सोनी आइएमएक्स ६८२ मेन क्यामेराले ४ के भिडियो र स्पष्ट फोटो खिच्छ। १३ एम्पी फ्रन्ट क्यामेराले राम्रो सेल्फी र भिडियो कलको मजा दिन्छ।
५२०० एमएएच ब्याट्री र ४५ वाट अल राउण्ड फास्ट चार्जर ३.० चार्जिङले लामो समयसम्म पावर दिन्छ। साथै आइपी ६४ स्प्ल्यासप्रूफ र टीयुभी प्रमाणित ड्रप-रेजिस्टेन्ट भएकोले टिकाउपनमा पनि भर पर्न सकिन्छ।
जेबीएल ट्युनिङको डुअल स्पिकरले संगीत, मूभि वा गेमिङमा धमाकेदार अडियो अनुभव दिन्छ। नोट ५० एस ५ जी प्लस मरीन ब्लू, टाइटेनियम ग्रे र बरण्डी रातो रंगमा उपलब्ध छ, जसमा प्रिमियम फिनिश र आरामदायी ग्रिप छ, जो स्टाइलमा फरक देखिन्छ।













