सानिमा क्यापिटलका दुई म्युचुअल फण्डद्वारा नगद लाभांश घोषणा
काठमाडौं । सानिमा क्यापिटल लिमिटेडका दुई म्युचुअल फण्डहरुले नगद लाभांश घोषणा गरेका छन् ।
आर्थीक वर्ष २०८१–८२ को संचित मुनाफाबाट सानिमा ग्रोथ फण्डले आफ्ना इकाईधनीहरुलाई १५.७९ प्रतिशत नगद लाभांश (कर सहित) र सानिमा लार्ज क्याप फण्डले २१.०५ प्रतिशत (कर सहित) लाभांश प्रस्ताव गरेको हो ।
सानिमा ग्रोथ फण्डले १० करोड ६१ लाख ८९ हजार रुपैयाँ बराबरको नगद लाभाश दिने निर्णय गरेको छ भने लार्ज क्याप फण्डले २५ करोड २६ लाख ३१ हजार रुपैयाँ बराबरको लाभांश दिने निर्णय गरेको हो ।













