कुमारी क्यापिटलका तीन म्युचुअल फण्डको लाभांश घोषणा, कसले कति दिन्छन् ?
काठमाडौं । कुमारी क्यापिटल लिमिटेडले आफ्नो व्यवस्थापनमा रहेका तीन वटा बन्दमुखी म्युचुअल फण्ड योजनाबाट लाभांश वितरण गर्ने घोषणा गरेको छ। यस अन्तर्गत कुमारी इक्विटी फण्ड, कुमारी धनवृद्धि योजना र कुमारी सबल योजना रहेका छन्।
कम्पनीले आर्थिक वर्ष २०८१/८२ मा आर्जन गरेको नाफाबाट कुमारी इक्विटी फण्डमार्फत करसहित ११.५० प्रतिशत लाभांश दिने भएको छ। सो अनुसार इकाईधनीले कुल ११ करोड ५० लाख रुपैयाँ बराबरको प्रतिफल प्राप्त गर्नेछन्।
यसैगरी, कुमारी धनवृद्धि योजनाले करसहित १०.५० प्रतिशत लाभांश वितरण गर्ने भएको छ। यो योजनाबाट कुल १२ करोड ८६ लाख ३२ हजार रुपैयाँ लाभांशको रूपमा बाँडफाँट गरिनेछ।
तेस्रो योजना कुमारी सबल योजनाले भने करसहित ९ प्रतिशत लाभांश दिने घोषणा गरेको छ। यस योजनाअन्तर्गत इकाईधनीहरूलाई ६ करोड ७० लाख २७ हजार रुपैयाँको लाभांश वितरण गरिनेछ।
यी सबै योजनाहरूको प्रवर्द्धक कुमारी बैंक रहेको छ भने योजनाहरूको व्यवस्थापन कुमारी क्यापिटलले गर्दै आएको छ।













