१ आश्विन २०८३, बिहिबार

मुक्तिनाथ विकास बैंकको नाफा साढे १ अर्बमाथि, वितरणयोग्य नाफा ६५१ प्रतिशतले उकालो



काठमाडाैं । काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ मा मुक्तिनाथ विकास बैंक लिमिटेडले १ अर्ब ५३ करोड ७४ लाख रुपैयाँ खुद नाफा कमाएको छ।

बंंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकको नाफा ३०.७० प्रतिशत बढेको हो ।

अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकले १ अर्ब १७ करोड ६३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस्तै बैंले एक वर्षमा ४ अर्ब ५५ कराेड ७२ लाख रूपैयाँ भन्दा बढी ब्याज उठाएकाे छ । सार्वजनिक वित्तिय विवरणअनुसार अघिललाे वर्षकाे तुलनामा यस वर्ष बैंककाे ब्याज आम्दानी ७.५० प्रतिशत बढेको हाे ।अघिल्लाे आर्थिक वर्ष बैंकले ४ अर्ब २३ कराेड ९३ लाख रूपैयाँ माथि ब्याज आम्दानी गरेको थियो । 

यस वर्ष बैंकको वितरणयोग्य नाफा पनि उछाल आएको छ। अघिल्लो वर्ष १९ कराेड ४७ लाख रुपैयाँ ऋणात्मक रहेको वितरयोग्य नाफा गत वर्ष भने ६५१.१५ प्रतिशतले बढेर १ अर्ब ४६ कराेड २५ लाख नाघेकाे छ ।

यसैगरी बैंकको निक्षेप ६.९९ प्रतिशत वृद्धि भएर १ खर्ब १७ अर्ब ४३ कराेड रूपैयाँ पुगेकाे छ भने कर्जा लगानी ६.१० प्रतिशतले बढेर ९७ अर्ब ५१ कराेड ५८ लाख रूपैयाँ माथि पुगेकाे छ ।

नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी ५ रुपैयाँ १२ पैसा बढेर २१ रुपैयाँ ८२ पैसा पुगेको छ। गत आर्थिक वर्षको अन्त्यसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १८.६ गुणा रहेको छ भने प्रतिशेयर नेटवर्थ १६९ रुपैयाँ ९५ पैसा रहेको छ।

हाल बैंकसँग २.७५ प्रतिशत खराब कर्जा छ । जबकि, अघिल्लो वर्षमा यस्तो कर्जा २.३७ प्रतिशत थियो ।

७ अर्ब ४ करोड ६९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा ४ अर्ब ९२ करोड ९५ लाख रुपैयाँ सञ्चित छ।