शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफा सामान्य बढ्याे, प्रतिशेयर आम्दानी कति ?
काठमाडौं । चालु आर्थिक वर्ष २०८१/८२ मा शाइन रेसुङ्गा डेभलपमेन्ट बैंकको नाफामा सामान्य सुधार देखिएको छ ।
बंंकले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार अघिल्लो वर्षको तुलनामा गत वर्ष बैंकको नाफा ०.४८ प्रतिशत बढेर ६८ करोड ८६ लाख २९ हजार रुपैयाँ कायम भएकाे छ ।
अघिल्लो आर्थिक वर्षको यसै अवधिमा बैंकले ६८ कराेड ५३ लाख २१ रुपैयाँ खुद नाफा कमाएको थियो।
यस्तै बैंले एक वर्षमा २ अर्ब ६६ कराेड ७० लाख रूपैयाँ भन्दा बढी ब्याज उठाएकाे छ । सार्वजनिक वित्तिय विवरणअनुसार अघिललाे वर्षकाे तुलनामा यस वर्ष बैंककाे ब्याज आम्दानी १३.४७ प्रतिशत बढेको हाे ।अघिल्लाे आर्थिक वर्ष बैंकले २ अर्ब ३५ कराेड २ लाख रूपैयाँ माथि ब्याज आम्दानी गरेको थियो ।
यस वर्ष बैंकको वितरणयोग्य नाफा पनि उछाल आएको छ। अघिल्लो वर्ष ४१ कराेड ७३ लाख रुपैयाँ ऋणात्मक रहेको वितरयोग्य नाफा गत वर्ष भने ६३.०१ प्रतिशतले बढेर ६८ कराेड ४ लाख ६० हजार नाघेकाे छ ।
यस्तै समीक्षा अवधिमा बैंकको प्रतिशेयर आम्दानी १४.१२ रूपैयाँ र प्रतिसेयर नेटवर्थ १५१.४२ रूपैयाँ रहेकाे छ भने हाल बैंकसँग ४.२४ प्रतिशत खराब कर्जा छ । जबकि, अघिल्लो वर्षमा यस्तो कर्जा ३.४३ प्रतिशत थियो ।
यस अवधिमा बैंकले ७१ अर्ब ६७ कराेड ७१ लाख रूपैयाँ निक्षेप संकलन गरेकाे छ भने ५६ अर्ब ९३ कराेड ४१ लाख रूपैयाँ भन्दा बढी कर्जा लगानी गरेकाे छ । ४ अर्ब ८७ करोड ५७ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा १ अर्ब ८२ करोड ६६ लाख रुपैयाँ सञ्चित छ।














