प्रभु क्यापिटलका दुईवटा म्युचुअल फण्डको लाभांश घोषणा
काठमाडौं। प्रभु क्यापिटल लिमिटेडले आफ्ना दुई बन्दमुखी लगानी कोष योजनाका लाभांश विवरण सार्वजनिक गरेको छ। आर्थिक वर्ष २०८१र८२ को नाफाबाट दुवै योजनाले नगद लाभांश वितरण गर्ने घोषणा गरेका छन्।
क्यापिटलले सञ्चालनमा रहेको प्रभु सेलेक्ट फण्ड ले १२ प्रतिशत नगद लाभांश दिने भएको छ भने प्रभु स्मार्ट फण्ड ले आफ्ना इकाईधनीहरूलाई १० प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।उक्त लाभांशमा कर समावेश गरिएको क्यापिटलले स्पष्ट पारेको छ।
यी दुईवटै म्युचुअल फन्ड योजना बन्दमुखी प्रकृतिका हुन्, जसमा लगानीकर्ताले निश्चित अवधिसम्म इकाइ फिर्ता लिन सक्दैनन्। लाभांश भने निर्धारित अवधिभित्र वितरण गरिनेछ।
हालसम्म क्यापिटलले बुक क्लोजको मिति तय नगरेको जनाएको छ।













