१ कार्तिक २०८३, आइतबार

डिशहोम र द बर्गर हाउसबीच सहकार्य, ग्राहकलाई देशभरका शाखामा १० प्रतिशत छुट



काठमाडाैं । डिशहोमले “द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन” सँग साझेदारी गर्दै आफ्ना ग्राहकहरूका लागि देशव्यापी विशेष छुट सुविधा प्रदान गर्ने भएको छ। कम्पनीले आफ्नै भर्चुअल विशेष सुविधा कार्डमार्फत यो अफर लागू गर्ने जनाएको छ।

यस साझेदारीपछि सक्रिय डिशहोम ग्राहकहरूले अब देशभर रहेका १५८ वटा शाखाहरूमा खाना तथा पेय पदार्थमा १० प्रतिशत छुट पाउनेछन्। “द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन” नेपालभर लोकप्रिय स्वादिलो बर्गर, मसालेदार चिकेन र विविध प्रकारका सजिला खाना परिकारहरूका लागि चिनिएको ब्रान्ड हो।

यो साझेदारीले ग्राहकहरूलाई जुनसुकै स्थानबाट आफ्ना मनपर्ने परिकार छुटसहित खान सक्ने अवसर प्रदान गर्नेछ। अफरको लाभ लिनका लागि ग्राहकले डिशहोमको मोबाइल अनुप्रयोग प्रयोग गर्नु पर्नेछ। सो अनुप्रयोगमार्फत विशेष सुविधा कार्ड खोलेर नजिकको शाखामा देखाएपछि छुट उपलब्ध हुनेछ।

छुट लिनका लागि ग्राहकहरूले केही सरल चरणहरू पुरा गर्नुपर्नेछ। सर्वप्रथम, आफ्नो मोबाइलमा प्ले स्टोर वा एप स्टोरमार्फत ूमाइ डिशहोमू नामक अनुप्रयोग डाउनलोड गर्नुपर्छ। त्यसपछि, दर्ता गरिएको मोबाइल नम्बर वा ग्राहक परिचय संख्या प्रयोग गरी प्रणालीमा लग–इन गर्न आवश्यक छ।

लग–इन गरेपछि, अनुप्रयोगको गृहपृष्ठ वा व्यक्तिगत जानकारी रहेको खण्डमा गई भर्चुअल विशेष सुविधा कार्ड खोल्न सकिन्छ। उक्त कार्ड खोलिसकेपछि, देशभरका जुनसुकै “द बर्गर हाउस एण्ड क्रन्ची फ्राइड चिकेन” शाखामा सो कार्ड देखाएर ग्राहकहरूले १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन्।

डिशहोमका प्रमुख कार्यकारी अधिकृत तारा मानन्धरले यस साझेदारीबारे जानकारी दिँदै भने, “यो सहकार्यले नेपाली ग्राहकहरूको मनपर्ने खानाको गन्तव्यलाई थप मूल्य दिने हाम्रो लक्ष्यसँग जोडिएको छ।”

डिशहोमले सुरु गरेको यो विशेष सुविधा कार्ड कार्यक्रम, ग्राहकहरूलाई भोजन, सेवा, यात्रा तथा जीवनशैलीसँग सम्बन्धित क्षेत्रमा छुट र सुविधा दिनका लागि बनाइएको हो। कम्पनीले आगामी दिनहरूमा अझ धेरै प्रतिष्ठित ब्रान्डहरूलाई यस कार्यक्रममा समावेश गर्ने योजना बनाएको छ।