२ आश्विन २०८३, शुक्रबार

संरक्षकको मृत्यु भएपछि सांग्रिला डेभलपमेन्ट बैंकले त्रिपाठी परिवारलाई दियो बीमाङ्क रकम



काठमाडौं । सांग्रिला डेभलपमेन्ट बैंकमा सुरक्षित बाल बचत खाता खोलेकी बालिकाका संरक्षकको मृत्यु भएपछि परिवारलाई बीमाङ्क रकम हस्तान्तरण गरेको छ ।

बैंकको पोखरास्थित तालचोक शाखामा खाता रहेकी सृष्टि त्रिपाठीका दाजु (खाता खोल्दा उनको संरक्षक राख्नु भएका व्यक्ति) सागर त्रिपाठीको दुर्घटनामा परी मृत्यु भएको थियो । मृत्युपछि बीमा बापतको रकम बैंकले उपलब्ध गराएको हो ।

बैंकको तालचोक शाखाका प्रवन्धक राजीव पौडेलले सृष्टि र उनकी आमा शिला त्रिपाठीलाई तीन लाख रुपैयाँको चेक हस्तान्तरण गरे ।

उक्त रकम सृष्टि त्रिपाठी १८ बर्ष पुगेपछि उनले झिक्न पाउने गरी अहिले मुद्दती खातामा जम्मा गरिएको छ ।

बैंकमा ‘सुरक्षित बाल बचत खाता’ खोल्ने व्यक्तिका संरक्षकको निधन भएमा बैंकले बीमा बापत तीन लाख रुपैयाँ उपलब्ध गराइने प्रावधान रहेको छ ।