७ श्रावण २०८३, बिहिबार

सर्वोत्तम सिमेन्टले एकै वर्ष गर्यो साढे ९ अर्बको व्यापार, ६.७२ गुणा बढ्यो नाफा



काठमाडाैं । गत आर्थिक वर्ष २०८१/८२ मा सर्वोत्तम सिमेन्टकाे नाफा ५७२.५२ प्रतिशत बढेको छ ।

कम्पिनीले सावर्जनिक गरेकाे चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण अनुसार कम्पनीले सो अवधिसम्ममा १ अर्ब भन्दा बढी खुद नाफा कमाएको हाे।

अघिल्लो आर्थिक वर्षको अन्त्यसम्ममा १४ करोड ९३ लाख रुपैयाँ मात्र खुद नाफा कमाएको यस कम्पनीले गत आर्थिक वर्ष १ अर्ब ४५ लाख रुपैयाँ खुद नाफा कमाएको हो।

नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि उल्लेख्य बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी १६ रुपैयाँ ९८ पैसा बढेर २० रुपैयाँ १९ पैसा पुगेको छ। यस्तै यस अवधिसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ २०२ रुपैयाँ रहेको छ।

कम्पनीको व्यापारमा पनि दोहोरो अंकको बढोत्तरी देखिएको छ । गत वर्ष कम्पनीको व्यापार ४९.८७ प्रतिशत बढेर ९ अर्ब ५५ करोड रुपैयाँ पुगेको छ। जबकि, अघिल्लो वर्ष ६ अर्ब ३७ करोड २३ लाख रुपैयाँ बराबरको कारोबार गरेको थियो । यसरी व्यापारमा आएको बढोत्तरीले नै कम्पनीको खुद नाफामा उछाल आएको हो ।

त्यस्तै, समीक्षा अवधिमा कम्पनीको कुल नाफा १७३.०१ प्रतिशत बढेर २ अर्ब ६ कराेड २३ लाख पुगेको छ भने अन्य आम्दानी २१८.०२ प्रतिशत बढेर १६ कराेड १९ लाख ६९ हजार रूपैयाँ पुगेकाे छ ।

यस अवधिमा कम्पनीको कुल खर्च भने ५४.३८ प्रतिशत बढेर ९४ कराेड ८१ लाख ८८ हजार पुगेको छ।

४ अर्ब ९७ करोड ५५ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटी ४ अर्ब ७३ करोड ७९ लाख रुपैयाँ रहेको छ।


प्रतिक्रिया दिनुहोस्