सिटिजन्स क्यापिटलका २ म्युचुअल फण्डको लाभांश घोषणा, कसले कति दिँदैछन् ?
काठमाडाैं । सिटिजन्स क्यापिटलले आफ्नो योजना व्यवस्थापनमा सञ्चालित दुई म्युचुअल फण्डको लाभांश घोषणा गरेको छ। यी फण्डहरू सिटिजन्स म्युचुअल फण्ड २ र सिटिजन्स सुपर ३० म्युचुअल फण्ड हुन्।
क्यापिटलको सञ्चालक समिति बैठकले यी फण्डहरूको लाभांश वितरणको निर्णय गरेको हो।
सिटिजन्स म्युचुअल फण्ड २ का इकाइधनीहरुलाई गत वर्षको नाफाबाट करसहित ८.२५ प्रतिशत नगद लाभांश वितरण गरिने घोषणा गरिएको छ भने सिटिजन्स सुपर ३० म्युचुअल फण्डका इकाइधनीहरुलाई करसहित १२.७५ प्रतिशत नगद लाभांश वितरण गरिने बताइएको छ।
लाभांश वितरणको लागि यी दुई फण्डले भदौ १३ गते बुक क्लोज गर्ने निर्णय गरेका छन्। यस अनुसार, भदौ १२ गतेसम्म कायम इकाइधनीहरुले यी फण्डहरूको नगद लाभांश प्राप्त गर्न सक्नेछन्।













