‘भिजन एआई’ प्रविधिसहितको सामसङ टिभी अब नेपाली बजारमा
काठमाडौं । सामसङ नेपालले २०२५ का लागि आफ्नो नयाँ प्रिमियम क्यूएलइडी टिभी लाइनअप सार्वजनिक गरेको छ। कम्पनीले यो नयाँ श्रृंखला नेपाली उपभोक्ताका लागि अत्याधुनिक होम इन्टरटेन्मेन्ट अनुभव ल्याउने दाबी गरेको छ।
यसपटक सामसङले ुभिजन एआईु प्रविधिसहितको टिभी सार्वजनिक गरेको हो, जुन दृश्य र ध्वनिको गुणस्तरमा मात्र सीमित नभई प्रयोगकर्ताको व्यवहार र प्राथमिकता अनुसार आफैंलाई अनुकूल बनाउन सक्ने क्षमतासमेत राख्दछ। कम्पनीका अनुसार, यो प्रविधिले प्रयोगकर्तालाई अझ व्यक्तिगत र अनुकूल स्क्रिन अनुभव दिन्छ।
सामसङ नेपालका सीई बिजनेस हेड मिलनकुमार झाका अनुसार, ‘भिजन एआईले एआई–समर्थित व्यक्तिगत टिभी अनुभवको नयाँ युग आरम्भ गरेको छ। सामग्रीभन्दा पनि प्रयोगकर्ताको प्राथमिकतालाई प्राथमिकता दिइएको छ।’ नयाँ लाइनअपमा समावेश गरिएको एआई टेक्नोलोजीले कन्टेन्टलाई वास्तविक समयमा वातावरणअनुसार मिलाउने, प्रयोगकर्ताको रोजाइ पहिचान गरी सुझाव दिने र अन्य स्मार्ट उपकरणहरूसँग सजिलै जडान हुने सुविधा दिन्छ।
उक्त टिभीमा जेस्चर कन्ट्रोल, एआई अपस्केलिङ, जेनरेटिभ वालपेपर, स्मार्टथिङ्समार्फत ऊर्जा तथा सुरक्षा निगरानी, र घरपालुवा जनावर तथा परिवारका सदस्यहरूको गतिविधि चिन्न सक्ने जस्ता फिचरहरू थप गरिएको कम्पनीले जनाएको छ। यसले ठूलो स्क्रिन अनुभवलाई पुनर्परिभाषित गर्ने उद्देश्य बोकेको छ।
नयाँ टिभीहरूमा बिल्ट–इन स्मार्टथिङ्स हब पनि रहेको छ, जसले टिभीलाई स्मार्ट होम कन्ट्रोल सेन्टरको रूपमा प्रयोग गर्न सकिने बनाउँछ। साथै, सामसङ नक्स प्लेटफर्ममार्फत प्रयोगकर्ताको डेटा र गोपनीयताको उच्च सुरक्षा सुनिश्चित गरिएको कम्पनीको भनाइ छ।
उद्योगमै पहिलोपटक, सामसङले आफ्ना एआई टिभीहरूमा सात वर्षसम्म निःशुल्क अपरेटिङ सिस्टम ९ओएस० अपग्रेड दिने घोषणा पनि गरेको छ। यसले प्रयोगकर्ताहरूलाई लामो समयसम्म नयाँ फिचर तथा सुरक्षा सुधारसहितको अद्यावधिक सुविधा उपलब्ध गराउने कम्पनीको विश्वास छ।













