सेयर बजारमा दोहोरो अंकको बढोत्तरी, कारोबार रकम भने घट्यो
काठमाडौं । सेयर बजारमा दोहोरो अंकको बढोत्तरी देखिएको छ । सोमबार बजार १११.७५ अंक वृद्धि भएको छ ।
साताको दोसे कारोबार दिन बजार परिसूचक २ हजार ७७२.९८ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज परिसूचक २ हजार ७७९.३९ अंकको बिन्दुसम्म पुगेर फर्किएको हो ।
आज अन्य शीर्षकको इन्डेक्स १७.२७ अंक र म्युचुअल फन्ड ०.०९ अंक घटेको छ । यी बाहेकका सबै समूह बढेका छन् । आज सबैभन्दा धेरै (प्रतिशतका आधारमा) व्यापार समूह १.६१ प्रतिशत बढेको छ । यस्तै, जलविद्युत समूह पनि १.०७ प्रतिशत वृद्धि भएको छ ।
बजार दोहोरो अंकमा बढेपनि कारोबार रकममा भने केही कमी देखिएको छ । आइतबार ७ अर्ब नाघेको कारोबार रकम आज भने सवा ६ अर्बमा झरेको छ । आज ६ अर्ब १७ करोड ९८ लाख ५५ हजार रुपैयाँ बराबरको १ करोड ५२ लाख २९ हजार कित्ता सेयर किनबेच भएको छ ।













