बजार बढ्दा पनि ६ दर्जन कम्पनीको सेयर मूल्यमा गिरावट
काठमाडौं । सेयर बजार दोहोरो अंकले बढ्दा पनि ६ दर्जन कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ ।
आज कारोबारमा आएकामध्ये ७४ वटा कम्पनीको सेयर मूल्य घटेको हो ।
साताको दोस्रो कारोबार दिन सबैभन्दा धेरै मूल्य सम्पदा लघुवित्तको ४.८१ प्रतिशत घटेको छ । कम्पनीको सेयर भाउ प्रतिकित्ता ४७.६३ रुपैयाँ घटेर ९४२.२१ रुपैयाँ कायम भएको छ ।
यस्तै, समता घरेलु, नेपाल रिपब्लिक मिडिया, लक्ष्मी भ्यालु फन्ड–२ लगायतका लगानीकर्ताले आज गुमाएका छन् ।
















