टेलिकम र डिजिटल योजनाबारे प्रधानमन्त्री ओलीलाई ब्रिफिङ
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीलाई डिजिटल नेपाल फ्रेमवर्कको अद्यावधिक संस्करणबारे सोमबार विस्तृत जानकारी दिइएको छ ।
सूचना तथा सञ्चार प्रविधिको प्रयोगमार्फत सुशासन र समृद्धिमा टेवा पु¥याउने उद्देश्यसहित सञ्चारमन्त्री पृथ्वीसुब्बा गुरुङ, सचिव राधिका अर्याल र नेपाल टेलिकमका प्रतिनिधिबाट प्रधानमन्त्रीलाई फ्रेमवर्क २.० सम्बन्धी ब्रिफिङ गरिएको हो ।
हालै स्वीकृत राष्ट्रिय एआई नीति, २०८२ को आलोकमा ‘डिजिटल नेपाल फ्रेमवर्क २.० (फास्ट)’ प्रस्ताव गरिएको छ । यसमा पूर्वाधार, पहुँच, क्षमता विकास र डिजिटल रुपान्तरणका साथै सामाजिक सुरक्षा, विपद् व्यवस्थापन र जलवायु परिवर्तनजस्ता नयाँ क्षेत्र समावेश गरिएको छ ।
फ्रेमवर्कको प्रभावकारी कार्यान्वयनका लागि सञ्चारमन्त्रीको नेतृत्वमा ‘डिजिटल रुपान्तरण परिषद्’ गठन प्रस्ताव गरिएको छ । प्रस्तावित योजना मन्त्रिपरिषद्बाट स्वीकृत भएपछि कार्यान्वयनमा आउनेछ।
डिजिटल नेपाल फ्रेमवर्कको प्रारम्भिक संस्करण २०७६ सालमा प्रधानमन्त्री ओलीकै नेतृत्वमा स्वीकृत गरिएको थियो ।













