छुट्ला है बरुण हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयर, आवेदन दिने आज अन्तिम मौका - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

छुट्ला है बरुण हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयर, आवेदन दिने आज अन्तिम मौका



काठमाडौं । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडको हकप्रद सेयरमा आवेदन दिने आज अन्तिम मौका रहेको छ ।

कम्पनीले असार ३१ गतेदेखि शतप्रतिशत हकप्रद सेयर निष्कासन गरेको थियो ।

कम्पनीले हाल कायम १ कित्ता बराबर नयाँ १ कित्ता अनुपातमा हकप्रद शेयर निष्काशन गरेको थियो । सोही हकप्रदसेयरमा आजम्म आवेदन दिन पाइनने भएको हो ।

कम्पनीले ५३ करोड ५८ लाख १५ हजार रुपैयाँ बराबरको प्रतिशसयर १०० रुपैयाँ अंकित मूल्यका ५३ लाख ५८ हजार १५० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो ।

हकप्रद सेयर निष्काशन प्रयोजनका लागि कम्पनीले जेठ २२ गते बुक क्लोज गरेको थियो । यसका आधारमा जेठ २१ गतेसम्म कायम सेयरधनीहरुले मात्र आवेदन पाउनेछन् ।

बिक्री प्रबन्धक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।


प्रतिक्रिया दिनुहोस्