खानी खोला हाइड्रोपावरको शतप्रतिशत हकप्रद सेयर निष्कासन, कहिलेसम्म दिने आवेदन ?
काठमाडौं । आजदेखि खानी खोला हाइड्रोपावर कम्पनी लिमिटेडको शतप्रतिशत हकप्रद सेयर निष्कासन तथा बिक्री खुला भएको छ ।
कम्पनीले हाल कायम १ कित्ता बराबर नयाँ १ कित्ता अनुपातमा ४६ करोड ५७ लाख १४ हजार ३०० रुपैयाँ बराबरको प्रतिसेयर १०० रुपैयाँ अंकित मूल्यका ४६ लाख ५७ हजार १४३ कित्ता हकप्रद सेयर बिक्री खुला गरेको हो ।
हकप्रद शेयर निष्काशन प्रयोजनका लागि कम्पनीले गत असार २७ गते बुकक्लोज गरिसकेको छ । यसका आधारमा अब असार २६ गतेसम्म कायम सेयरधनीहरुले मात्र आवेदन दिन पाउनेछन् । आवेदन आगामी भदौ २३ गतेसम्म आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।
कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक सिटिजन्स क्यापिटल लिमिटेड रहेको छ।













