एनएमबी क्यापिटलका दुई म्युचुअल फण्डको लाभांश घोषणा
काठमाडाैं । एनएमबी क्यापिटलले आफ्ना २ म्युच्युअल फण्डकाे लाभांश घाेषणा गरेकाे छ । क्यापिटल सञ्चालक समितिको बैठकले एनएमबि–५० र एनएमबि सुलभ इन्भेस्टमेन्ट फन्ड–२ को लाभांश घाेषणा गरेकाे हाे ।
जस अनुसार वर्ष २०८१/८२ को मुनाफाबाट दुबै म्युच्युअल फण्डले इकाइधनीहरुलाई १५/१५ प्रतिशत नगद लाभांश वितरण गर्ने छन्।
दुवै योजनाको लाभांश वितरण गर्नका लागि क्यापिटलले भदौ १३ गते बुक क्लोज गर्ने निर्णय गरेको छ। जस अनुसार भदौ १३ गतेभन्दा अघिसम्म कायम इकाइधनीहरुले मात्रै यी दुवै योजनाको लाभांश पाउनेछन्।













