ताेलामा १६०० रूपैयाँले घट्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ? - Arthapath.com Arthapath.com
७ श्रावण २०८३, बिहिबार

ताेलामा १६०० रूपैयाँले घट्याे सुनकाे मूल्य, कतिमा हुँदैछ काराेबार ?



काठमाडाैं । बुधबार पनि नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ। मंगलबार तोलामा १२०० रुपैयाँ घटेको सुनको मूल्य आज एकैदिन १ हजार ६०० रुपैयाँ घटेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार छापावाल सुन प्रतितोला १ लाख ९५ हजार १०० रुपैयाँमा कारोबार भएको थियो।

यस दिन चाँदीको मूल्य तोलामा ४५ रुपैयाँ घटेको छ। मंगलबार तोलाको २ हजार ३०० रुपैयाँमा कारोबार भएको चाँदी यस दिन २ हजार २५५ रुपैयाँमा कारोबार भइरहेको संघले जनाएको छ।


प्रतिक्रिया दिनुहोस्