८ श्रावण २०८३, शुक्रबार

सेयर बजार करेक्सन, बजारसँगै घट्यो कारोबार रकम



काठमाडौं । सेयर बजार गिरावट आएको छ । लगातार दुई दिन बढेको बजार आज भने घटेको छ । साताको चौंथो कारोबार दिन ५.९१ अंक घटेको हो । गत सोमबार र मंगलबार बजार बढेको थियो ।

आज बजार परिसूचक २ हारर ७७०.९९ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । आज होटल तथा पर्यटन र म्युचुअल फन्ड मात्रै वृद्धि भएको छ । यी बाहेकका अन्य समूहहरु घटेका छन् ।

बजारसँगै आज कारोबार रकम पनि घटेको छ । आज कुल ५ अर्ब २० करोड ७ लाख ५३ हजार रुपैयाँ बराबरको १ करोड ५२ लाख ६६ हजार ६१७ कित्ता सेयर किनबेच भएको हो ।


प्रतिक्रिया दिनुहोस्