विकास हाइड्रोपावरको सेयर मूल्यमा सकारात्मक सर्किट, आज ५ दर्जन कम्पनीको मूल्य बढ्यो
काठमाडौं । पहिलो कारोबार दिनमै विकास हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । बुधवार कम्पनीको सेयर भाउ १० प्रतिशत अर्थात् प्रतिकित्ता २९.२० रुपैयाँ बढेको हो ।
साताको चौंथो कारोबार दिन चन्द्रागिरी हिल्सको सेयर भाउ पनि उच्च दरमा वृद्धि भएको छ ।आज कम्पनीको मूल्य ७.४२ प्रतिशत बढेको हो ।
यस्तै, कुमारी बैंकको ऋणपत्र २०८६ को भाउ पनि ७.१४ प्रतिशत बढेको छ । उक्त दिन कारोबारमा आएकामध्ये ५९ वटा कम्पनीको सेयर भाउ बढेको हो ।















