प्रतिताेला १३०० रूपैयाँले बढ्याे सुनकाे मूल्य, कतिमा हुँदैछ किनबेच ?
काठमाडाैं । बिहिबार नेपाली बजारमा सुनचाँदिकाे मूल्य बढेकाे छ । हिजाे ताेलामा १६०० रूपैयाँले घटेकाे सुनकाे मूल्य आज प्रतिताेला १३०० रूपैयाँले बढेकाे हाे ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला १ लाख ९४ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार छापावाल सुन प्रतितोला १ लाख ९३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
यस्तै चाँदीको मूल्य बिहीबार तोलामा ३५ रुपैयाँले वृद्धि भएर प्रति तोला २ हजार २ सय ९० रुपैयाँ पुगेको छ। बुधबार तोलामा ४५ रुपैयाँ घटेर प्रति तोला २ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको थियो।













