नेपालमा नामी ईभीको १ वर्षः मनाइयो विश्वास, भरोसा र माया सहितको यात्रा उत्सव
काठमाडौं । चिनियाँ अटोमोबाइल निर्माता कम्पनी डोङफेङको सह-ब्रान्ड नामीले नेपाल प्रवेशको पहिलो वर्ष पुरा गरेको छ।
यस अवसरमा कम्पनीले शुक्रबार काठमाडौंको भृकुटीमण्डपमा आयाेजना भइरहेकाे नाडा अटो शो २०२५ मा विशेष कार्यक्रममार्फत आफ्नो १ वर्षे सफलता उत्सव मनाएको हो।
उक्त अवसरमा एमएडब्लु वृद्धिका प्रबन्ध निर्देशक विवेक सिकारिया, उपाध्यक्ष सन्दीप चाटर्जी, सिइओ प्रसन्न पन्तले संयुक्त रुपमा केक काटेर उक्त सेलिब्रेसन गरेका हुन् ।
गत वर्ष नेपाली बजारमा आधिकारिक रूपमा प्रवेश गरेको नामी ईभी छोटो समयमा नै ग्राहकबीच लोकप्रिय बन्न सफल भएको छ।
“पहिलो यात्रादेखि अनगिन्ती यात्रासम्म, नेपालमा नामीकाे सफलता, विश्वास र माया सहितको १ वर्ष ”भन्ने नारासहित कम्पनीले नेपाली बजारमा विश्वास, भरोसा र यात्राको नयाँ आयाम स्थापित गरेको जनाएको छ।
कार्यक्रममा नामीका मोडेलहरू प्रदर्शनीमा राखिएका छन्। कम्पनीले आगामी दिनमा नेपाली उपभोक्ताको मागअनुसार अझै परिष्कृत मोडेल सार्वजनिक गर्ने योजना बनाएको पनि जनाएको छ।















