विरगञ्जमा सुरू भएकाे टाटा ईभी अटो शोकाे आज अन्तिम दिन
काठमाडाैं । गत शुक्रबारदेखि विरगञ्जमा सुरू भएकाे टाटा ईभी अटो शोकाे आज अन्तिम दिन हाे ।
सिप्रदी ट्रेडिङ प्रालि (टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक) ले प्राइम अटो ट्रेडर्सको सहकार्यमा बिरगञ्जमा टाटा ईभी अटो शो सुरु गरेको हाे।
अटो शोमा टाटा मोटर्सका नवीनतम विद्युतीय मोडलहरूको प्रदर्शनीसँगै ग्राहकका लागि आकर्षक अफरहरू उपलब्ध गराइएको छ।
अफरमा फ्री लाइफटाइम डीसी फास्ट चार्जिङ, आकर्षक छुट, उच्चतम एक्सचेन्ज भ्यालुएसन, ३ वर्षसम्म निःशुल्क सर्भिसिङ, निःशुल्क कम्प्रिहेन्सिभ इन्स्योरेन्स, निःशुल्क एसेसोरिज, निःशुल्क वार्षिक सवारी कर, निःशुल्क होम चार्जिङ इन्स्टलेसन, र निःशुल्क एम्बोस्ड नम्बर प्लेट जस्ता सुविधाहरू समावेश छन्।
यस अटो शोमा प्रदर्शित ईभी मोडलहरूमा कर्भ डट ईभी, नेक्सन के ३ डट ईभी, पञ्च डट ईभी र टियागो डट ईभी रहेका छन्।
यससँगै, अटो शोमा आउने आगन्तुकका लागि फूड स्टल, रमाइलो खेल गतिविधि (फन गेम्स) र मनोरञ्जनात्मक कार्यक्रमहरू समेतको व्यवस्था गरिएको छ, जसले यसलाई केवल प्रदर्शनी मात्र नभई उत्सवको रूप दिनेछ।
कार्यक्रम आयोजक प्राइम अटो ट्रेडर्स र सिप्रदी ट्रेडिङ का अनुसार, यो अटो शोले बिरगञ्ज र आसपासका ग्राहकहरूलाई विद्युतीय मोबिलिटीबारे प्रत्यक्ष अनुभव दिने र टाटा ईभी मोडलहरूबारे जानकारी लिन उत्कृष्ट अवसर प्रदान गरे जनाएको छ।












