देशका विशिष्ट व्यक्तिहरुबाट नाडा अटो सो २०२५ को अवलोकन
काठमाडौं। नाडा अटो शो २०२५ ले यसपटक ऐतिहासिक उपलब्धि हासिल गरेको छ। यस वर्ष, केवल ४ दिनमै १,०४,३४७ दर्शकले अवलोकन गरिसकेका छन्।
यो तथ्यांकले नेपाली जनता नविन प्रविधिहरु र यस अटो शो प्रति धेरै चासो र जिज्ञाशा राख्ने प्रष्ट भएको छ।
यस नाडा अटो शो मा देशका विशिष्ट व्यक्तिहरुले समेत अवलोकन गरेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख देवराज घिमिरे, राष्ट्रिय सभाका अध्यक्ष नारायण प्रसाद दाहाल, उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेल, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहाल, नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, कर्णाली प्रदेशका मुख्यमन्त्री यमलाल कंडेल, माननिय प्रतिनिधि सभा सदस्य योगेश भट्टराई, प्रतिनिधि सभा सदस्य हरि ढकाल, प्रतिनिधि सभा सदस्य शिशिर खनाल तथा बागमती प्रदेशका माननीय श्रम, रोजगार तथा यातायातमन्त्री जयराम थापाले अवलोकन गरेका छन्।
त्यसैगरी उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव कृष्णवहादुर रावत, नेपाली सेनाका रथी निर्मलकुमार थापा, प्रहरी अतिरिक्त महानिरीक्षक टेकवहादुर तामाङ्ग, राष्ट्रिय योजना आयोगका पूर्व उपाध्यक्ष तथा नेपाल राष्ट्र बैंकका पूर्व गभर्नर दीपेन्द्रवहादुर क्षेत्री, अर्थ मन्त्रालयका सहसचिव महेशकुमार भट्टराई, भन्सार विभागका उपमहानिर्देशक अमृत लम्साल, यातायात व्यवस्था विभागका निर्देशक नरहरी तिवारी, नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक गुरुप्रसाद पौडेल, नेपाल इन्टरमोडल ट्रान्सपोर्ट डेवलभमेण्ट वोर्डका कार्यकारी निर्देशक आशिष गजुरेल, कृषि विकास बैकंका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङ्गले प्रदर्शनीको अवलोकन गरेका छन् ।
सोही क्रममा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकाल, नेपाल उद्योग परिसंघका वरिष्ठ उपाध्यक्ष निर्वाण चौधरी, सार्वजनिक यातायातको केन्द्रीय महासंघ नेपालका अध्यक्ष डोलनाथ खनाल, नेपाल बैंकर्स एशोसिएशनका उपाध्यक्ष सुरेन्द्र रेग्मी, युनाइटेड अजोड इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत कमल गौतम, नेप्लिज योङ्ग इण्टरप्रेनर्स फोरमका अध्यक्ष सुदिप घिमिरे र महिला राष्ट्रिय फुटवल कप्तान सवित्रा भण्डारी समेतले नाडा अटो शो २०२५ को अवलोकन गरेका छन्
यस्तै अन्तर्राष्ट्रिय क्षेत्रबाट सोसाइटी अफ इण्डीयन अटोमोवाइल मेनुफेक्चर्स (सियाम) का उपकार्यकारी निर्देशक अटानु गाँगुली र अटोमोटिभ कम्पोनेण्ट मेनुफेक्चर्स एशोसिएशनका कार्य समिति सदस्य रितुञ्च गुप्ताको प्रतिनिधी मण्डलले नाडा अटो शो अवलोकन गरेका छन् ।
यस उपलब्धीले नेपाललाई अटोमोबाइल नवप्रवर्तन र भविष्य–उन्मुख मोबिलिटी समाधानको उदाउँदो केन्द्र बनाउन हाम्रो आत्मविश्वास थप मजबुत भएको नाडाका अध्यक्ष करण चाैधरीले बताए ।
उनले भने, ‘साथै यस ऐतिहासिक सफलतामा योगदान पुर्याउनु भएका सबै प्रदर्शक, प्रायोजक, सरकारी निकाय, सञ्चारकर्मी र सबै अवलोकनकर्ताहरूलाई नाडाकोतर्फबाट हार्दिक आभार व्यक्त गर्दछौं। नाडा अटो शो अब केवल प्रदर्शनी मात्र होइन, यो नवप्रवर्तन, उद्यमशीलता र भविष्य–तयारीको राष्ट्रिय उत्सव पनि हो।’












