२ आश्विन २०८३, शुक्रबार

१९ प्रतिशत बढ्यो रेमिट्यान्स, एकै वर्ष भित्रियो १७ खर्ब २३ अर्ब



काठमाडौं । सवा १७ खर्ब बढी रेमिट्यान्स नेपाल भित्रिएको छ । एकै वर्ष नेपाल भित्रने रेमिट्यान्स १९ प्रतिशत बढेको छ ।

नेपाल राष्ट्र बैंकले आइतबार प्रकाशन गरेको गत आर्थिक वर्ष २०८१–८२ को असार मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

गत वर्ष १७ खर्ब २३ अर्ब २७ करोड रुपैयाँ रेमिट्यान्स आएको छ । यो अघिल्लो वर्षको तुलनामा भने १९.२ प्रतिशत बढी हो । अघिल्लो वर्षको रेमिट्यान्स वृद्धिदर पनि १६.५ प्रतिशत रहेको थियो । अघिल्लो वर्ष १४ खर्ब ४५ अर्ब ३१ करोड ५१ लाख रुपैयाँ रेमिट्यान्स आएको थियो । त्यो भन्दा अघिल्लो वर्ष पनि १२ खर्ब ४० अर्ब ६८ करोड ६४ लाख रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

मासिक औसत १ खर्ब ४३ अर्ब ६० लाख रुपैयाँ रेमिट्यान्स आउने गरेको छ । गत असार भने १ खबै ८९ अर्ब ११ करोड रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो ।

गत वर्ष अमेरिकी डलरमा विप्रेषण आप्रवाह १६.३ प्रतिशत बढेको छ । राष्ट्रका बैंकका अनुसार यस्तो रेमिट्यान्स १२ अर्ब ६४ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह १४.५ प्रतिशत बढेको थियो ।