नाडा अटो शोमा ‘जिली एक्स५’ इभीको धमाकेदार इन्ट्री : बुकिङ्गमा कीर्तिमानी, डेलिभरी आजैदेखि सुरु
काठमाडौं । जिली एक्स५ इभीले नाडा अटो शोमा उल्लेखनीय सफलता हात पारेको छ । अत्याधुनिक प्रविधि, आकर्षक डिजाइन र विश्वस्तरीय ब्याट्री क्षमतासँग सुसज्जित यो विद्युतीय सवारीले सुरुवातमै आम उपभोक्ताको विश्वास जित्दै नेपाली बजारमा नयाँ कीर्तिमान बनाएको छ ।
एलआरआर मोटर्स प्रा.लि. मार्फत नेपाल भित्रिएको जिली एक्स५ को म्याक्स र प्रो भेरियन्टले अटो शो अवधिभर दर्शकहरूलाई मात्र होइन, विद्युतीय सवारीमा भविष्य देख्ने हजारौं सम्भावित खरिदकर्तालाई समेत आकर्षित गर्न सफल देखिएको छ ।
सिर्जनात्मक प्रविधिमा गहिरो पकड राख्ने ड्रिमस्मार्ट चीनको अधिकृत आयातकर्ता एलआरआर मोटर्स ले ६ दिनको अवधिमा १८७ युनिट गाडी बुकिङ गर्दै जिली एक्स५ लाई नेपाली बजारमा अत्यधिक माग भएको इभीको रूपमा स्थापित गराएको छ ।
एलआरआर मोटर्सका बिक्री तथा सञ्चालन प्रमुख अधिर श्रेष्ठका अनुसार केवल गाडीको स्वरूप वा प्रदर्शनमा मात्र सीमित छैन नभई सुरक्षित, टिकाउ र नवप्रवर्तनयुक्त ब्याट्री प्रणाली जस्तै गुणले पनि उपभोक्ताको विश्वास जित्न सफल भएको हो ।
‘नाडामा जिली एक्स ५ ले पाएको उत्साहजनक प्रतिक्रियाले हामीलाई अधिक हौसला प्रदान गरेको छ, श्रेष्ठले भने,‘६ दिनमै १८७ वटा बुकिङ हुनु जिलीको नवप्रवर्तनमा बढ्दो विश्वास र नेपालमा दिगो गतिशीलताका समाधानप्रति बढ्दो मागको स्पष्ट संकेत हो। यो सफलताले नेपाली बजारका लागि विश्वस्तरीय इभी उपलब्ध गराउने हाम्रो प्रतिबद्धतालाई अझ मजबुत बनाएको छ ।’
श्रेष्ठका अनुसार जिली एक्स ५ श्रृंखलामा प्रयोग गरिएको नवीनतम र परिमार्जित ब्याट्रीले विशेषगरी नेपाली उपभोक्ताहरुलाई आकर्षित गराएको हो । बुक गरिएका गाडीहरूको वितरण कम्पनीले आजैबाट सुरु गरेको जानकारी दिइएको छ ।












