२.८५ प्रतिशत बढ्यो नेपालीको तलब
काठमाडौं । नेपालीहरुको वार्षिक औसत तलब तथा ज्यालादर २.८५ प्रतिशत वृद्धि भएको छ ।
नेपाल राष्ट्र बैंकका अनुसार गत आर्थिक वर्ष २०८१–८२ मा वार्षिक औसत तलब तथा ज्यालादर सूचकाङ्क २.८५ प्रतिशत वृद्धि भएको हो ।
जबकि, अघिल्लो आर्थिक वर्ष यस्तो सूचकाङ्क ५.०३ प्रतिशत वृद्धि भएको थियो ।
गत आवको चौथो त्रयमासमा वार्षिक विन्दुगत तलब तथा ज्यालादर सूचकाङ्क २.६३ प्रतिशे वृद्धि भएको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रयमासमा यस्तो सूचकाङ्क ३.५६ प्रतिशत वृद्धि भएको थियो ।
प्रदेशगत रूपमा समीक्षा अवधिमा कोशी प्रदेशको वार्षिक विन्दुगत तलब तथा ज्याला सूचकाङ्कको वृद्धि १.२३ प्रतिशत, मधेश प्रदेशको २.१४ प्रतिशत, बागमती प्रदेशको १.९८ प्रतिशत रहेको छ ।
यस्तै, गण्डकी प्रदेशको २.७४ प्रतिशत, लुम्बिनी प्रदेशको ३.७२ प्रतिशत, कर्णाली प्रदेशको ३.०९ प्रतिशत र सुदूरपश्चिम प्रदेशको ७.४४ प्रतिशत रहेको छ ।













