८ श्रावण २०८३, शुक्रबार

एक वर्षमा ८३ अर्ब बढीको थप सेयर सूचीकृत, सबैभन्दा धेरै आइपीओ, बोनस र हकप्रद सेयर कति ?



काठमाडौं । एक वर्षमा सवा ८३ अर्ब बराबरको थप धितोपत्र (सेयर) सूचीकृत भएको छ ।

आर्थिक वर्ष २०८१–८२ मा कुल ८३ अर्ब १९ करोड रुपैयाँ बराबरको थप धितोपत्र सूचीकृत भएका हुन् ।

नेपाल राष्ट्र बैंकले हालै प्रकाशन गरेको गत आवको साउनदेखि असार मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो ।

गत वर्ष सबैभन्दा धेरै साधारण सेयर (आइपीओ) सूचीकृत भएको छ । राष्ट्र बैंकका अनुसार गत आवमा ४० अर्ब २१ करोड बराबरको साधारण सेयर सूचीकृत भएको हो ।

यस्तै, २४ अर्ब ४२ करोड बराबरको बोनस सेयर सूचीकृत भएको छ ।

यता, १३ अर्ब २३ करोड बराबरको हकप्रद सेयर, १ अर्ब २५ करोड बराबरको म्युचुअल फण्ड र ११ करोड २० लाख बराबरको एफपीओ सूचीकृत भएको छ । यस बाहेक ३ अर्ब ९६ करोड बराबरको अन्य सेयर सूचीकृत भएको केन्द्रिय बैंकले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस्