८ श्रावण २०८३, शुक्रबार

थप एक कम्पनीको शतप्रतिशत हकप्रद सेयर सूचीकृत



काठमाडौं । थप एक कम्पनीको शतप्रतिशत हकप्रद सेयर नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ ।

सोमबार छ्याङदी हाइड्रोपावर लिमिटेडको ३८ लाख ६९ हजार ७७५ कित्ता हकप्रद सेयर सूचीकृत भएको हो । कम्पनीले शतप्रतिशत हकप्रद सेयर निष्कासन गरेको थियो । सोही बापतको सेयर सूचीकृत गराएको हो ।

अब उक्त हकप्रद सेयर सम्वन्धित सेयरधनीहरुको हितग्राही खातामा जम्मा भएपछि लगानीकर्ताले खरिदबिक्री गर्न सक्नेछन् ।


प्रतिक्रिया दिनुहोस्