८ श्रावण २०८३, शुक्रबार

एकै वर्ष ४५ अर्बको सेयर जारी गर्न बोर्डले दियो अनुमति, सबैभन्दा धेरै हकप्रद सेयर, आइपीओ कति ?



काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले एकै वर्ष ४५ अर्ब बढीको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको छ ।

सेबोनले गत आर्थिक वर्ष २०८१–८२ मा नेपाल धितोपत्र बोर्ड (सेबोन) ले ४५ अर्ब १६ करोड रुपैयाँ बराबरको धितोपत्र सार्वजनिक निष्कासनका लागि अनुमति दिएको हो ।

नेपाल राष्ट्र बैंकले हालै उपलब्ध गराएको गत आवको साउनदेखि असार मसान्तसम्मको तथ्याङ्कले यस्तो देखाएको हो । गत वर्ष सबैभन्दा धेरै हकप्रद सेयर निष्कासनका लागि अनुमति दिइएको छ । गत वर्ष कुल मूल्य १५ अर्ब ४१ करोड रुपैयाँ बराबरको हकप्रद सेयर निष्कासन गर्न बोर्डले अनुमति दिएको छ ।

त्यस्तै, बोर्डले १५ अर्ब २० करोड रुपैयाँ बराबरको म्युचुअल फण्ड निष्कासनका लागि अनुमति दिएको देखिन्छ ।

यता, १० अर्ब ६२ करोड रुपैयाँ बराबरको डिबेन्चर (ऋणपत्र) र ३ अर्ब ९३ करोड रुपैयाँ बराबरको साधारण सेयर (आइपीओ) निष्कासन गर्न अनुमति दिएको छ ।


प्रतिक्रिया दिनुहोस्