८ श्रावण २०८३, शुक्रबार

सेयरको लोभ देखाएर ठगी, प्रि-आइपीओको नाममा नफस्न बोर्डको आग्रह



काठमाडौं । पछिल्लो ‘प्रि–आइपीओ’ को नाममा विभिन्न सामाजिक सञ्जालमार्फत सर्वसाधारणबाट अवैध रूपमा पैसा उठाउने क्रम तीव्र हुँदै गएको छ ।

सार्वजनिक निष्कासन नभएका विभिन्न संगठित संस्थाहरुले ‘पि–आइपीओ’ कोमा यस्तो गतिविधि गरेपछि नेपाल धितोपत्र बोर्डले गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । यस्तो कार्य नगर्न बोर्डले सबैलाई चेतावनी दिएको छ ।

बोर्डले सार्वजनिक सूचना प्रकाशित गर्दै कुनै पनि कम्पनीलाई आइपीओ निष्कासन अघि अघि ‘प्रि–आइपीओ’ को नाममा सेयर बिक्री गर्न कानुनी मान्यता नभएको स्पष्ट पारेको छ ।

धितोपत्रसम्बन्धी ऐन, २०६३ अनुसार, कुनै पनि संगठित संस्थाले एक पटकमा पचास जना भन्दा बढी व्यक्तिहरूलाई धितोपत्र (सेयर) बिक्री वितरण गर्न बोर्डको पूर्वस्वीकृति अनिवार्य रहेको बताइएको छ ।

बोर्डले यस्तो कार्य नगर्न र नगर्न लगाउन सर्वसाधारण, लगानीकर्ता तथा सम्बन्धित सबैलाई अनुरोध गरेको छ । साथै, प्रचलित कानुनको उल्लङ्घन गरी गरिएको यस्तो कार्यलाई गैरकानुनी भन्दै दोषीहरूमाथि आवश्यक कानुनी कारबाही गरिने चेतावनी समेत दिइएको छ ।

बोर्डले सम्भावित लगानीकर्ताहरूलाई कुनै पनि कम्पनीको शेयर खरिद गर्नु अघि बोर्डबाट अनुमति प्राप्त भएको नपाएको अवस्थाको सावधानीपूर्वक छानबिन गर्न र मात्र वैधानिक प्रक्रिया पुर्‍याएर लगानी गर्न आह्वान गरेको छ ।


प्रतिक्रिया दिनुहोस्