१३ कार्तिक २०८३, शुक्रबार

रेडक्रसको तदर्थ समिति खारेजीको माग, सर्वोच्चमा रिट



काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको हालको तदर्थ समिति विघटनको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर गरिएको छ ।

अन्तर्राष्ट्रिय रेडक्रस महासंघबाट निलम्बनमा परेको विनोदकुमार शर्मा नेतृत्वको समितिलाई अवैधानिक ठहर गर्दै पूर्व अध्यक्ष डा. सुदर्शन नेपाल पक्षले रिट हालेका हुन् ।

समिति गठनमा राजनीतिक भागबण्डा भएको आरोप लगाउँदै रिटमा प्रधानमन्त्री कार्यालय, समाज कल्याण परिषद्, मन्त्रालय लगायतलाई प्रतिवादी बनाइएको छ।

मामिला हाल न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा सुनुवाइमा छ।