रोक्का जग्गा फुकुवाको तयारी - Arthapath.com Arthapath.com
५ श्रावण २०८३, मंगलबार

रोक्का जग्गा फुकुवाको तयारी



काठमाडौं । लुम्बिनी प्रदेश मन्त्रिपरिषद्ले प्रशासन, पूर्वाधार, कानुन र सामाजिक क्षेत्र समेटिएका १२ निर्णय गरेको छ।

मुख्यमन्त्री चेतनारायण आचार्यको अध्यक्षतामा बसेको बैठकले राप्ती, गढवा र शितगंगा क्षेत्रमा रोक्का रहेका निजी जग्गाहरूलाई सर्तसहित फुकुवा गर्न संघीय सरकारसमक्ष सिफारिस गर्ने निर्णय गरेको हो।

साथै, राप्ती गाउँपालिकाका सबै वडा, गढवा १–३ र शितगंगा ८–९ मा एक कट्ठा वा एक रोपनीभन्दा सानो जग्गा कित्ताकाटमा प्रतिबन्ध लगाइएको छ।

जग्गा खरिद गर्न चाहनेले एकीकरण परियोजनासँग सम्बन्धित सर्तहरू स्वीकार गर्दै सहमति पत्रमा हस्ताक्षर गर्नुपर्ने व्यवस्था गरिएको छ।

यी क्षेत्रहरूमा २०७७ असोज १६ मा जग्गा रोक्का गरिएको थियो।


प्रतिक्रिया दिनुहोस्