जीवन विकास लघुवित्तको साढे तीन लाख कित्ता सेयर किन्ने मौका, प्रतिकित्ता कति ?
काठमाडौं । जीवन विकास लघुवित्त वित्तीय संस्थाले साढे तीन लाख कित्ता संस्थापक सेयर बिक्री गर्न लागेको छ ।
कम्पनीले आफ्ना केही संस्थापक सेयरधनीहरुको नाममा रहेको ३ लाख ५१ हजार ४०० कित्ता सेयर बिक्री गर्न लागेको हो ।
उक्त सेयर खरिदका लागि कम्पनीका विद्यमान संस्थापकहरुले आवेदन दिन सक्नेछन् । आवेदन आजैका मिति ( भदौ १० गते) ले ३५ दिनभित्र कम्पनीको केन्द्रिय कार्यालयमा आइपुग्ने गरि दिनुपर्नेछ ।
मूल्य भने सेयर खरिद तथा बिक्रेता संस्थापकको आपसी छलफलबाट कायम हुने उल्लेख छ । तोकिएको उक्त अवधिभित्र आवेदन नदिएको खण्डमा अन्य बिक्री प्रक्रिया अघि बढाइने कम्पनीले जनाएको छ ।














