सेयर बजारको यात्रा उकालो, कारोबार रकम भने सुस्ताउँदै
काठमाडौं । सेयर बजारमा आज पनि हरियाली देखिएको छ । मंगलबार पनि बजार ४.८३ अंक वृद्धि भएको छ ।
साताको तेस्रो कारोबार दिन बजार परिसूचक २ हजार ७६६.०९ अंकको बिन्दुमा पुगेर बन्द भएको छ । सोमबार पनि बजार २१.३० अंक बढेर २ हजार ७६१ अंकको बिन्दु वरिपरि पुगेको थियो ।
आज बैंकिङ्ग, विकास बैंक, फाइनान्स, हाइड्रोपावर, होटल तथा पर्यटन, जीवन बीमा, म्युचुअल फन्ड,, व्यापार समूह बढेको छ ।यी बाहेकका अन्य समूह भने राताम्य बनेका छन् ।
बजार बढेपनि कारोबार रकम भने खुम्चिएको छ । आज कुल ४ अर्ब १८ करोड ५३ लाख १५ हजार रुपैयाँ बराबरको ९२ लाख ४३ हजार २३२ कित्ता मात्रै सेयर किनबेच भएको छ । सोमबार पनि ५ अर्ब माथिको कारोबार भएको थियो ।













