नेपाल बैंकका कर्मचारी तथा ग्राहकलाई माउन्टेन भिस्टा रिट्रिटमा १५ प्रतिशतसम्म छुट - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

नेपाल बैंकका कर्मचारी तथा ग्राहकलाई माउन्टेन भिस्टा रिट्रिटमा १५ प्रतिशतसम्म छुट



काठमाडौं । नेपाल बैंक लिमिटेडले काभ्रेपलाञ्चोक जिल्लाको मण्डनदेउपुर–०२ स्थित माउन्टेन भिस्टा रिट्रिट प्रालिसँग बैंकका कर्मचारी, कर्मचारीका परिवारका सदस्य तथा बैंकमा खाता रहेका ग्राहकलाई रिसोर्ट सेवामा विशेष छुट दिने सम्झौता गरेको छ।

सम्झौता अनुसार, बैंकका कर्मचारी, परिवार र ग्राहकले रिसोर्टले प्रदान गर्ने विभिन्न सेवामा १० देखि १५ प्रतिशतसम्म छुट पाउनेछन्।

सम्झौतापत्रमा बैंक तर्फबाट सहायक प्रमुख कार्यकारी अधिकृत प्रकाश कुमार अधिकारी र माउन्टेन भिस्टा रिट्रिट प्रा।लि। तर्फबाट प्रबन्ध निर्देशक प्रदिप शर्मा पौडेलले हस्ताक्षर गरेका छन्।


प्रतिक्रिया दिनुहोस्