एनआईसी एशिया इक्विटी लिंक्ड स्किममा आवेदन दिन आज अन्तिम मौका - Arthapath.com Arthapath.com
४ श्रावण २०८३, सोमबार

एनआईसी एशिया इक्विटी लिंक्ड स्किममा आवेदन दिन आज अन्तिम मौका



काठमाडाैं । एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किमको इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन हाे।

एनआईसी एशिया क्यापिटल लिमिटेडले एनआईसी एशिया इक्विटी लिंक्ड इन्भेष्टमेन्ट स्किम साउन २९ गतेदेखि निष्काशन तथा बिक्री खुला गरेको थियाे ।

क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा ५० करोड रुपैयाँ बराबरको ५ करोड इकाई बिक्रीमा ल्याएको हो।

क्यापिटलले १० करोड इकाईमध्ये बीज पूँजीबापट कुल निष्काशन गरिने इकाईको १५ प्रतिशत अर्थात १५ करोड रुपैयाँबराबरको १ करोड ५० लाख इकाई योजना व्यवस्थापक एनआईसी एशिया बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाईमध्ये ५ करोड इकाई सर्वसाधरणलाई बिक्री गरेको हो।

एनआईसी एशिया क्यापिटलको व्यवस्थापनमा एनआईसी एशिया बैंक म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने सो योजना एक खुलामुखि योजना हो।

उक्त योजनामा न्यूनतम १०० इकाईका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ करोड इकाईसम्म आवेदन दिन पाउने व्यवस्था रहेको छ।

बिक्री खुला भएको निवेदन दिने अवधि तथा बोर्डबाट थप भएको अवधि भित्र कम्तीमा ५० प्रतिशत अर्थात ५० करोड इकाई खरिद गर्न निवेदन प्राप्त भएमा इकाईको बाँडफाँट गर्न सकिनेछ।

न्यूनतम संख्यामा इकाई बिक्री नभएमा योजना खारेज गरी १५ दिन भित्र निवेदकहरुको रकम फिर्ता गर्न भुक्तानी प्रक्रिया शुरु गरिनेछ।


प्रतिक्रिया दिनुहोस्