इनड्राइभको ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन सुरु, चालकका लागि उपहारै उपहार - Arthapath.com Arthapath.com
६ श्रावण २०८३, बुधबार

इनड्राइभको ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन सुरु, चालकका लागि उपहारै उपहार



काठमाडौं। नेपाल–विश्वव्यापी मोबिलिटी एण्ड अर्बान सर्भिस प्लेटफर्म इनड्राइभले नेपालमा दशैं तिहारका लागि ‘प्लेटिनम ड्राइभर्स गिभअवे’ क्याम्पेन सुरुवात गरेको छ ।

अघिल्लो संस्करणबाट उल्लेखनीय सफलता र उत्साहजनक प्रतिक्रिया पछि, यस पटक अभियानलाई अझ बढी परिस्कृत बनाउने वाचा गर्दै प्लेटिनम ड्राइभर्स गिभअवे शुरुवात गरेको हो ।

इनड्राइभले आफ्ना ड्राइभर पार्टनर्सको कडा परिश्रम र समर्पणलाई विशेषरुपमा सम्मान र पहिचान गर्न यो क्याम्पेन ल्याएको हो, जसमा ग्रान्ड प्राइजमा ब्रान्ड न्यू टाटा एक्सप्रेस ईभी कार, टिभीएस रेइडर मोटरसाइकल र प्रिमियम हाई–इण्ड ग्याजेटहरू रहेका छन् ।

प्लेटिनम ड्राइभर्स गिभअवे दुई रोमाञ्चक चरणहरुमा आयोजना हुँदैछ । प्रति च्यालेन्ज भाद्र ९ गतेदेखि १५ गतेसम्म र च्यालेन्ज थ्री विक्सः भाद्र १६ गतेदेखि असोज ५ गतेसम्म अआयोजना हुँदै छ।

जो चालकहरूले यी समय अवधिमा प्लेटिनम स्ट्याटस कायम गर्छन तिनिहरु विक्ली प्राइजका लागि योग्य हुनेछन् । जो चालकहरुले सबै चरणहरुमा प्लेटिनम स्ट्याटस कायम गर्छन तिनिहरु ग्राण्ड प्राइजका लागि योग्य हुनेछन् । ड्राइभर्सले जतिधेरै राइड पुरा गर्नेछन् त्यतिनै धेरै पुरस्कार जित्ने संभावना बढ्नेछ ।

जसमा क्याब ड्राइभर ग्रान्ड प्राइज अन्तर्गत टाटा एक्सप्रेस–टी इभी, बाइक राइडर ग्रान्ड प्राइज अन्तर्गत टीभीएस रेइडर मोटरसाइकल र साप्ताहिक बिजेताहरुका लागि स्मार्टफोनहरु, स्मार्टवाचहरु, र इयरबड्स प्रदान गरिने छ ।

इनड्राइभ नेपालकी सिनियर ड्राइभर अपरेशन म्यानेजर सुनिता जीमी राईले क्याम्पेन प्रति आफ्नो उत्साह व्यक्त गर्दै भनिन्, ‘प्रतिज्ञा गरेअनुसार, हामी ठूलो र राम्रो अभियान लिएर फर्किएका छौं । हाम्रा चालकहरू इनड्राइभ परिवारको केन्द्रमा रहेका छन्, र हामी उनीहरूको समर्पण र कडा परिश्रमलाई सम्मान गर्ने मौका कहिल्यै गुमाउँदैनौं, त्यसैले हामी तपाईंलाई दशैं र तिहारको अवसर पारेर मेगा गिभअवे ल्याउन पाउँदा उत्साहित छौं । अविश्वसनीय मेगा गिफ्ट ह्याम्परहरू जित्ने मौकाको लागि अहिले नै राइड सुरु गर्नुहोस् । आउनुहोस्, यो चाडवाडको मौसमलाई सँगसँगै मिलेर अझ उत्सवमय बनाऔं ।’


प्रतिक्रिया दिनुहोस्